नेपाललाई जर्मनीको स्थास्थ्यसामाग्री सहयोग

काठमाडौं । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्दा बढी थान मास्क, गमबुट, टेन्ट लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

Back to top button