लोकतन्त्र र संविधानमाथिको प्रहार बालुवाटारबाट भएको हो : इन्द्र आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बालुवाटरबाट लोकतन्त्र र संविधानमाथि प्रहार भएको आरोप लगाउनुभएको छ । प्रदेशसभाको जारी वैठकको विशेष समयमा बोल्दै उहाँले मुख्यमन्त्री ज्यूले हिजो केही सफेद झुठ बोलेको भन्दै त्यसको विरोध जनाउनुभएको हो ।

मुख्यमन्त्रीले खुमलटारबाट राजनीति कोभिड फैलेको हो भन्नु झुठो रहेको बताउनुभयो । उहाँले तिहाई बहुमतको प्रतिनिधिसभा कसले विघटन गर्यो ? भन्दै प्रतिप्रश्न गर्नुभयो । ठूला–ठूला अनियमितताको कुरामात्र नभई बालुवाटारको नेतृत्वमा कात्रोमा समेत भ्रष्टाचार भइरहेको आरोप लगाउनुभयो । नेता आङ्बोले वर्तमान सरकार जनता मार्ने र छिमेकी खुशी पार्ने काममा लागेको बताउनुभयो ।

प्रदेशको नामाकरण संसदको विषय हो भन्ने मुख्यमन्त्रीको भनाईलाई लक्षित गर्दै उहाँले प्रधानमन्त्री ज्यूले प्रदेशको जे नाम राख्न खोजेको थियो, त्यो एमालेले नचाहेर नामकरण नभएको उहाँले बताउनुभयो । हो । प्रधानमन्त्रीले नामकरणमा स्वार्थ नराख्ने हो भने तत्काल नामाकरण हुने उहाँले बताउनुभयो ।

यस्तै बजेट जस्तो विषयमा सरकार प्रमुखलाई थाहा नभई मलाई झुक्याएर थाहा नदिएर आएको भन्न नमिल्ने उहाँले बताउनुभयो । ‘मन्त्रिपरिषदबाट पारित भएर बजेट आउछ’, उहाँले भन्नुभयो ।’ बजेट बनाउने क्रममा गैर बजेटरीबाट ६ वटा गाडी खरिद गरिएको र ६ अर्वको योजना स्विकृत नगरेपछि बजेट बनाउने उपसचिवको नै सरुवा गरिएको आरोप लगाउनुभयो ।

Back to top button