
पाँचथर । पाँचथरको हिलिहाङ–६ टाहारीमा बिहान पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मेची राजमार्गमा पर्ने टाहारीमा खाद्यसामग्री बोकेको पिकअप अनियन्त्रित भई पल्टिदा दुईजनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारीरहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने दुवैजना पिकअपमा सवार रहेको बताइएको छ ।