पार्टी एकता जोगाउन पुनः छलफलमा जुटे दोस्रो पुस्ताका नेताहरु

काठमाडौं । नेकपा एमालेको एकता जोगाउन पुनः दोस्रो पुस्ताका नेताहरु छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता र संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली छलफलमा जुट्नु भएको हो ।

उहाँहरु ललितपुरको समिट होटलमा छलफल गरिरहनु भएको छ । उहाँहरुले यसअघि पनि याक एण्ड यति होटलमाा छलफल गनुृभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ३ अघिको अवस्थामा पार्टीलाई फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको एक नेताले बताउनुभयो ।

अध्यक्ष ओलीले गरेको प्रस्ताव झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अस्विकार गरेपछि उहाँहरु छलफलमा जुट्नु भएको छ ।

Back to top button