
काठमाडौं । सन् २०२१ मा अेमेरिका जान डीभी लटरी विजेता ३ हजार ८०१ जना नेपालीले भिसा पाउन ढिलाइ भएपछि चिन्तित बनेका छन् । नेपाली डीभी लटरी विजेताहरुले परराष्ट्र मन्त्रालय र अमेरिकी दुतावासमा भीसाका लागि ध्यानाकर्षण पत्र पठाएको हो ।
यसैबीच, लटरी विजेताको तफृबाट अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनविरुद्ध मुघा दायर गरिएको छ । अमेरिकन कानुन व्यवसायी कुर्तिस मोरिसनले सन् २०२१ का २४ हजार ८९ जना डीभी विजेताको तर्फबाट मुद्दा दायर गरेको हो ।
आउँदो सेप्टेम्बरसम्ममा अेमेरिका जान भिसा पाइसक्नु पर्नेमा ४ महिना मात्रै बाँकी रहेकोले भीसा नपाउने संभावना बढ्दै गएको बेला मुद्दा दायर गरिएको छ ।