
काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश जबराको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा . आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास आइतबार गठन भएको थियो ।
आइतबार सुनुवाइ हुने भनिएपनि संवैधानिक इजलासमा विवाद भएपछि हेर्दाहेर्दैमा सोमबारका लागि पेशी तोकिएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार हुने भनिएको सुनुवाइ आजका लागि सरेको हो ।
प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था छ ।