भारतमा बसले अटोलाई ठक्कर दिदा १७ जनाको मृत्यु

उत्तरप्रदेश । भारतको उत्तरप्रदेशस्थित कानपुर–इलाहाबाद सडकखण्डमा बसले अटो रिक्सालाई ठक्कर दिदा १७ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

लखनउबाट हिजो साँझ नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सले अटो रिक्सालाई ठक्कर दिदा अधिकांशको घटनास्थलमै मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएको छ ।

तिब्र गतिमा रहेको बसले बिस्कुट उद्योगमा काम गर्ने कामदारहरु अटोमा जाँदै गरेको अबस्थामा ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एक अधिकारीले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । मोदीले प्रधानमन्त्री विपद कोषबाट मृतकका परिवारलाई दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री योगीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

Back to top button