प्रत्येक बुधबार श्रम स्विकृति दिइने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार कार्यालय तहाचलबाट आजदेखि प्रत्येक बुधबार श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।

कोरोना संक्रमण बढेसँगे वैसाख २४ गतेबाट वैदेशिक रोजगार कार्यालय बन्द गरेर अनलाइनमार्फत श्रम स्विकृति दिदै आएको थियो । वैदेशिक रोजगार व्यवसायी संघले न्यूनतम हप्ताको एक दिन श्रम स्विकृति दिने व्यवस्था गर्न माग गर्दै आएकाले विभागले निर्णय गरेको हो ।

Back to top button