
विराटनगर । विराटनगर–८ अमरटोलस्थित एक घरभित्र छिरेर नगदसहित गहना चोरी गर्ने कार्यमा सम्लग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अमरटोलका ५५ वर्षीय राजकुमार श्रेष्ठको घरबाट नगद ५० हजार र साढें २ तोलाको चाँदीको सिक्रि चोरी भएको थियो ।
चोरीको जानकारी पाएपछि खटिएको टोलीले अनुसन्धानको क्रममा विराटनगर– ८ विश्वकर्मा चोकका २२ वर्षीय युवक अनिलकुमार यादवलाई पक्राउ गरेको हो । प्रहरीले आज यादवको घरबाट नगद ५० हजार र चाँदीको सिक्री समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक मानबहादुर राईले पक्राउ परेका यादवलाई चोरी कसूरमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।