
सुनसरी । धरान उपमहानगरपालिका ८ स्थित राजमार्गमा ट्याक्टरबाट लडेर कामदारको मृत्यु भएको छ । बराह नगरपालिका ६ का ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको हो ।
को१त ६७ नम्बरको धरान उपमहानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लडेर घाइते उक्त ट्याक्टरमा काम गर्ने पौडेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।
ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई इलाका प्रहरी धरानले नियन्त्रणमा लिएको छ ।