क्रिकेट खेलाडीले एक दिवसीय खेल खेल्दा १० हजार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले अब एक दिवसीय क्रिेकेट खेल खेले वापत १० हजार रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले नयाँ कार्यविधि पारित गरेर खेलाडीलाई एक दिवसीय वापत १० हजार र टी–ट्वान्टी खेले बापत ५ हजार दिने व्यवस्था गरेको छ ।

यस्तै महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एक दिवसीय खेलेबापत ५ हजार र टी–ट्वान्टी खेलेबापत ३ हजार दिने व्यवस्था गरेको हो । कार्यविधिमा प्रदेश र जिल्ला संघलाई ३ लाख र एक लाख दिनेसमेत व्यवस्था गरेको छ ।

Back to top button