
जनकपुर । प्रदेश २ मा कांग्रेसले इन्ट्री पाएको छ । जनता समाजवादी पार्टी यादव पक्षका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेसले महत्वपूण तीन वटा मन्त्रालय लिएर इन्ट्री गरेको हो ।
कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको छ । यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास र वीरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको छ । ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले गएराती नै पद तथा गोपनीयताको सपथ ग्रहण गराइसक्नु भएको छ ।
जनकपुरको ३(क) बाट निर्वाचित यादव कांग्रेस उपसभापति बिमलेन्द्र निधीका विश्वासपात्र हुन भने वीरगञ्ज घर भएका शर्मा समानुपातिकबाट प्रदेशसभा सदस्य, सिंह सर्लाहीका हुन् ।