
विराटनगर । यस वर्षको युरोकप फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुदैछ । ११ जुनदेखि ११ जुलाईसम्म युरोपका विभिन्न शहरमा यस प्रतियोगिताका खेलहरु हुनेछन् ।
युरोकपको १६ औं संस्करण विभिन्न देशका ११ शहरमा आयोजना हुने बताइएको छ । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने निर्णय गरिसकेको छ। अहिले ति सवै स्टेडियमहरुकालाई सजाइएको छ ।
इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् भने फाईनल खेल लण्डनमा हुनेछ । सन् १९६० मा फ्रान्सको आयोजनामा भएको युरोपियन राष्ट्रले खेल्ने युरोकपमा हालसम्म १५ औं संस्करण पूरा भइसकेको छ। सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना महामारिका कारण एकबर्ष पछि सारिएको हो।