पेस्तोल र राईफलको गोलीसहित २ जना पक्राउ

विराटनगर । केरावारी गाउँपालिका ९ देवीझोडाबाट पेस्तोल र राईफलको गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ५१ वर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका २ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको टोलीले गणेशको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

घरमा राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को१च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

Back to top button