गण्डकी प्रदेशमा एमालेका नेपाल पक्षका सांसदमा विपक्षीको नजर

काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ् नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको नजर एमालेका माधवकुमार नेपाल पक्षका एकमात्र सांसद इन्द्रलाल सापकोटामा परेको छ ।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि आवश्यक ३१ मतमा विपक्षी गठबन्धनसँग ३० मत मात्रै छ । त्यसैले जसरी पनि सरकार गठनका लागि नेपाल पक्षका सांसदलाई तान्न गृहकार्य सुरु गरेको हो ।

सापकोटालाई विपक्षी मोर्चामा तान्नका लागि बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शिर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएको एक नेताले बताउनुभयो ।

छलफलमा सरकार गठनका लागि अन्तिम विकल्पको रुपमा सापकोटालाई उपयोग गर्ने निर्णय भएको ती नेताले बताउनुभयो ।

Back to top button