विश्वकप छनौटका लागि नेपाल आज अस्ट्रेलियासँग भिडदै

काठमाडौं । विश्वकप तथा एसियन कप छनोटअन्तर्गत नेपाली फुटबल टोलीले आफ्नो खेल इतिहासमा आजसम्मकै ठूलो टोली अस्ट्रेलियाको सामना गर्दैछ । नेपाललाई पराजित गर्न सफल भए अस्ट्रेलिया विश्वकप छनौट चरणमा स्थान सुरक्षित गर्नेछ ।

कुवेतको जावेर अल हमाद अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राती पौने १० बजेदेखि खेल सुरु हुनेछ ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीले आफ्नो खेलको शैली परिवर्तन गरेर अघि बढिरहेको र आजको खेलमा राम्रो प्रदर्शन गरेर दर्शक तथा आफ्ना समर्थकलाई खुशी पार्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिनुभयो ।

Back to top button