प्रदेश १ सभाको आजको वैठकमा शुन्य समयमा कस्ले के भने ?

कृष्णकुमारी राई

प्रदेशसभा सदस्य कृष्णकुमार राईले झापाको दमकको बस्ति उठाइएकोमा विरोध जनाउनुभएको छ । उहाँले शुन्य समयमा बोल्दै संविधानको धारा ३७ मा प्रत्येक नागरिककालागि आवासको व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,‘ संविधानको धारा ३७ (२) मा आवास नउठाउने प्रत्याभूती गराइएको छ ।

तर दमकमा २०३६ सालमा वसोवास गरेका जनताको बसोबास उठाइएको छ । खोई संविधानसम्मत ? जनताको प्रतिनिधिले बनाउने कानुन जनताको घर उठाउने हो’ ? उहाँले सामाजिक विकास समितिले अनुगमन गरेर निर्देशन दिएको तर कार्यान्वयन हुन नसकेको बताउनुभयो । शवदाह घाटमा वस्ती निर्माण गरेर बस्न मिल्छ ? भन्ने प्रतिप्रश्न गर्नुभयो । यस्तै उहाँले वैदेशिक रोजगारीमा जाने युवा र बालबालिकालाई खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको छ ।

विद्यानन्द चौधरी

प्रदेशसभा सदस्य विद्यानन्द चौधरीले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको १५६ नम्बर बुंदामा सडक निर्माणलगायतका शिर्षकहरु रहेको उल्लेख गर्दै प्रदेशको गौरबको आयोजना घिनाघाट–विराटचोक सडक चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

यस्तै उहाँले हुलाकी राजमार्ग जोड्ने कटहरी नहरदेखि झोराहाटसम्म ६ किलोमिटरको सडक कालोपत्रे गर्न आवश्यक रहेको र मिलनचोकदेखि सिंघियासम्मको सडकमा खाल्डै खाल्डा रहेकोले कालोपत्रेका लागि ध्यानाकर्षण गराउनुभएको छ ।

मोहनकुमार खड्का

प्रदेशसभा सदस्य मोहनकुमार खड्काले राणाशासन टिकाउन चारकोशेझाडी बेचियो, पञ्चायतकाल जोगाउन जंगल फडानी गरियो यद्यपी सत्ता नटिकेको भन्दै अहिलेको सरकारले चुरेको माटो बेचेर सत्ता टिकाउने खेलमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ अहिले चुरेको माटो बेचेर सत्ता टिकाउन खोज्ने संघीय सरकारलाई सघाउने की यस बारेमा केहि सोच्ने भन्ने धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो । नभए विपक्षीले मोर्चा बनाएर माटो बचाउने अभियान सुरु गर्ने बताउनुभयो । उहाँले सांसदहरुलाई बुख्याँचा मात्र बनाउने काम भइरहेको भन्दै त्यसतर्फ सजग बनाउनुभयो ।

Back to top button