
विराटनगर । विराटनगर ६ वडा कार्यालय छेउमा स्थानीय युवाहरुको सक्रियतामा अति विपन्न परिवारलाई लक्षित गर्दै निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ ।
स्थानीय तनबिर खान, रोशन गिरीलगायतका युवाहरुको सक्रियतामा शुरु भएको यस अभियानलाई वडा अध्यक्ष विजय कामतले पनि साथ र सहयोग दिँदै आउनुभएको छ । दैनिक तीनसय भन्दा बढी ब्यक्तिले खाना खाँदै आएको तनविर खानले बताउनुभयो ।
निषेधाज्ञाको समय लम्बिदै गएपछि जेठ ७ गतेदेखि शुरु भएको यो अभियान निषेधाज्ञा हटेर दैनिक मजदुरीमा जाने सहज अवस्था नआएसम्म जारी राखिने खानले बताउनुभयो ।
शुरुमा केहि युवाहरु आफैले खर्च जुटाएर शुरु गरेको यो अभियानलाई सहयोगी हातहरु थपिदै गएपछि निरन्तरता दिन सहज भएको अर्का अभियानकर्मी गिरीले बताउनुभयो ।