प्रदेश १ मा ९ सय २ जना कोरोना भाइरस संक्रमणमुक्त, ४ सय ६२ थपिए नयाँ संक्रमित

विराटनगर । प्रदेश १ बाट आज ९ सय २ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ८९ जना महिला र ५ सय १३ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २ सय ४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४ सय ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ८४, झापामा १ सय ९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६४ हजार ८ सय ५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ८१ रहेको छ ।

Back to top button