प्रदेश १ संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर

विराटनगर । प्रदेश १ मा संक्रमित हुनेभन्दा निको हुनेको संख्या आज दोब्बर पुगेको छ । यस प्रदेशमा ४६२ जना संक्रमित हुँदा ९०२ जना निको भएर घर फर्केका छन् । संक्रमणमुक्त हुनेमा ३८९ महिला र ५१३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४६२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८४, झापामा १०९, सुनसरीमा ९७, धनकुटामा ११, संखुवासभामा ९, तेह्रथुम र इलाममा ७–७, उदयपुरमा ६, पाँचथर, ताप्लेजुङ र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १०१, सुन्दरहरैचामा ३५, पथरीशनिश्चरेमा १८, उर्लाबारीमा ११, बुढीगंगामा ५,रतुवामाई र बेलबारीमा ३–३, रंगेली, सुनबर्षी, कटहरी र स्थानीय तह नखुलेका २–२, झापाको विर्तामोडमा २१, हल्दिबारीमा १५, कनकाईमा १३, दमकमा १२, शिवसताक्षीमा ९, अर्जुनधारा र भद्रपुरमा ८–८, झापा गाउँपालिकामा ५, बुद्धशान्ति, मेचीनगर र कमल गाउँपालिकामा ४–४, गौरीगञ्ज र बाह्रदशीमा २–२, गौरादह र कचनकवलमा १–१, सुनसरीको इटहरीमा ४५, धरानमा ३०, बराहक्षेत्रमा ६, दुहवी र रामधुनीमा ५–५, हरिनगरमा २, गढी, देवानगञ्ज , इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, शहिदभूमीमा २, पाख्रिवास, महालक्ष्मी र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा ४, चैनपुरमा २ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको म्याङलुङमा ५, लालीगुराँसमा २, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, रोङ र सुर्योदयमा १–१, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका २–२, , पाँचथरको फिदिममा २, ताप्लेजुङको मिक्वाखोला र फक्ताङलुङमा १–१, भोजपुरको पौवादुङ्मा र स्थानीय तह नखुलेका १–१, र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६४ हजार ८५५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५८१ रहेको छ । प्रदेश १ मा आज १ हजार ३७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button