इथियोपियाको टिग्रेमा अनिकाल, बालबालिका बढि प्रभावित हुनसक्ने

इथियोपियाको टिग्रे क्षेत्र अनिकालको संकटमा पर्न सक्ने भन्दै संयुक्त राष्ट्र संघ, युनिसेफलगायतका सहयाता समूहहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघले टिग्रेका ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यस्तो बताइएको हो । संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले टिग्रेमा अहिले अनिकाल रहेको बताउनुभएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफले टिग्रेमा खानेकुराको अभाव हुँदा ठूलो संख्यामा बालबालिका भोकमरीको चपेटामा पर्न सक्ने जनाएको छ ।

युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्‍याउन समेत अपील गरेको छ । यद्यपी इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

सन् २०२० को नोभेम्बर महिनादेखि सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्रबाट करिब १७ लाख मानिस विस्थापित भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

Back to top button