उपप्रधान तथा परराष्ट्रमन्त्री महासेठको गृहजिल्लामा भव्यस्वागत

जनकपुर । उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका महासेठलाई धनुषाको मिथिला विहारी नगरपालिकाको तर्फबाट भव्य स्वागत गरिएको हो ।

विभिन्न स्थानमा स्वागतद्धार निर्माण गरिएको नगरपालिका क्षेत्रमामन्त्री महासेठ पत्निसहित पुग्दा पुष्पबृष्टि समेत गरिएको छ । महासेठ दम्पत्तिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिस सडकमा भेला भएका थिए ।

मन्त्री महासेठले गृहजिल्ला बसाईका क्रममा मिथिला विहारी नगरपालिकाभित्र ३ वटा पुल शिलान्यास र एउटा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै मन्त्री महासेठले हिजो धनुषाका १८ वटा स्थानीय तहलाई अक्सिजन सिलिण्डर वितरण गर्नुभएको छ । उहाँले मिथिला र मिथिला विहारी नगरपालिकालाई १०/१० थान र अन्य स्थानीयतहलाई ५/५ थान अक्सिजन सिलिण्डर वितरण गर्नुभएको हो ।

Back to top button