बागमति प्रदेशसभा अगाडि विद्यार्थीको प्रदर्शन, विवादास्पद अभिव्यक्ति दिने सांसद वैद्यकै पुत्लादहन

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्तिलाई लिएर नेकपा एमाले निकट विद्यार्थीहरुले आज बागमति प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।

वैद्यको आपत्तिजनक अभिव्यक्तिको विरोधमा विद्यार्थीहरुले नाराबाजी गर्दै वैद्यको पुत्ला दहन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले वैद्यलाई प्रदेशसभामा नभएर बुद्ध चोकमा आएर बोल्न चुनौतीसमेत दिए ।

कांग्रेसका प्रदेशसभा सदस्य वैद्यले हिजो प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कोही नाथुराम गोड्से हुनसक्ने चेतावनी दिँदै अरु तयार नभए आफैसमेत गोड्सेको भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभएको थियो ।

उहाँको अभिब्यक्तिलाई एमालेले आपराधिक अभिव्यक्ति भनेको छ भने , वैद्यकै पार्टी नेपाली कांग्रेसले अभिव्यक्ति फिर्ता लिन निर्देशन दिइसकेको छ ।

Back to top button