लागुऔषधसहित एक जना पक्राउ

विराटनगर । उर्लाबारी नगरपालिका ६ पुर्ब बसपार्क नजिकबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीइ २१ वर्षीय सुमन दमाईलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले गएराती ९ बजे उहाँलाई ट्रमाडोल १७० क्याप्सुल र स्पासपेन २०० क्याप्शुलसहित पक्राउ गरेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button