माफि माग्दै नरोत्तम वैद्यले लिनुभयो बोली फिर्ता

काठमाडौं । प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आज माफि माग्दै बोली फिर्ता लिनुभएको छ ।

हिजो प्रदेशसभामा विवादास्पद अभिब्यक्ति दिनुभएका वैद्यले आज प्रदेशसभाकै बैठकबाट आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी माग्नुभएको हो ।

प्रदेशसभा बैठक शुरु भएलगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा आएका प्रतिक्रिया र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएको भन्दै आत्मालोचना गर्दै अभिब्यक्ति फिर्ता लिनुभएको हो ।

लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो भनाईलाई प्रदेशसभाको रेकर्डबाट हटाउन समेत आग्रह गर्नुभएको छ ।

वैद्यले सांसदले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गर्नुभयो । वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उहाँको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराउनुभएको छ ।

Back to top button