युरोकपमा आज तीन खेल हुने, उद्घाटन खेलमा इटली विजयी

विराटनगर । गएराति सम्पन्न युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–शुन्य गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता लिएको थियो ।

त्यसपछि इटलीका लागि इमोबाइल र लोरेन्जोले एक/एक गोल गरे । इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् ।
यसैगरि आज तीनवटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्डबिचको खेल हुनेछ ।

अर्को खेल राति पौने १० बजे डेनमार्क र फिनल्याण्डबिच हुने छ भने राति पौने १ बजेदेखि बेल्जियम र रुसको खेल हुने छ । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् ।

Back to top button