प्रदेश १ मा संक्रमितभन्दा तेब्बर निको

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या तेब्बर पुगेको छ । यस प्रदेशमा आज ४८६ जना कोरोना संक्रमित हुँदा १ हजार ३१० जना निको भएर घर फर्केका छन् । संक्रमणमुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज ४८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, उदयपुरमा ६, संखुवासभा र भोजपुरमा ४–४, तेह्रथुम, इलाम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैचामा ४, जहदा र स्थानीय तह नखुलेका ६, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१, सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको दमकमा७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बा¥हदशी, अर्जुनधारा र झापागाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौविसे र छथरमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, तेह्रथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६५ हजार ३४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ । प्रदेश १ माआज १ हजार ४१९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Back to top button