नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कदै

काठमाडौं । विश्वकप तथा एसियन कप छनौट खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टीम आज स्वदेश फर्किदै छ। बेलुका पौने ९ बजे नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभएको छ ।

दोस्रो चरणको छनौट खेल्न गएको नेपाली टोलीले तीन खेल खेलेको थियो । ति मध्ये १ खेलमा जीत र दुई खेलमा पराजित हुन पुग्यो । नेपालले चाइनिज ताईपेईलाई शुन्यका विरुद्ध २ गोल गर्‍यो भने जोर्डन र अष्ट्रेलियासँग ३ शुन्यको पराजय भोग्यो ।

यो सँगै विश्वकप छनौट खेलबाट नेपाल बाहिरिएको छ भने एसियनकप छनौट खेलको सम्भावना अझै रहेको छ ।

Back to top button