पूर्वमुख्यमन्त्री गुरुङको गुनासो : सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछ

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङले सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछ भन्दै गुनासो पोख्नुभयो । गुरुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वतन्त्र सांसद दिपक मनाङे भन्ने राजिव गुरुङले आफूलाई धाखा दिएको बताउनु भएको हो ।

राजनीतिमा आएर समाज सेवा गर्छु र सुध्रिन्छु भनेपछि चुनाव जिताएर प्रदेशसभा सदस्यको सपथ दिलाउनुको साथै मन्त्रीसमेत बनाउँदा पनि मनाङेले धाोखा दिएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘आँगनमा धतुरो रोपेपछि अमृत फल्दैन भनेको यही हो ।’

मनाङेले गुरुङको साथ छोडेर विपक्षी गठबन्धनलाई साथ दिएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार शनिबार गठन भएको छ ।

Back to top button