नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलन्यास

काठमाडौं । नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्टको आज शिलन्यास भएको छ। रुपन्देहीको सिमरहवामा नीजि लगानीमा बन्न लागेको प्लान्टको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गनुभएको छ ।

भर्चुअल रुपमा शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले कोभिड– १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि यो प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउनुभयो ।

‘दोस्रो लहरको कारोनाको महामारीले एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनाउँदा महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्न बाध्य हुनुपरेको स्मरण गर्नुभयो ।

उहाँले सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको बताउनुभयो ।

अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको उहाँले बताउनुभयो ।

अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको प्रयाप्त उत्पादन हुँदा पनि व्यापार घाटा घटाउन सहयोग पुग्नेमा प्रधानमन्त्रीले विश्वास ब्यक्त गर्नुभयो ।

उद्योगी शंकर अग्रवालको लगानीमा बन्न लागेको प्लान्टबाट प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने र त्यसबाट यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ ।

Back to top button