
विराटनगर । प्रदेश १ सरकारले ल्याएको आउँदो वर्षको नीति तथा कार्यक्रममा विपक्षी तीन वटा दलले संशोधन प्रस्ताव पेस गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संशोधन प्रस्ताव पेस गरेको हो ।
कांग्रेसको तर्फबाट सामूहिक संशोधन प्रस्ताव प्रदेशसभा सदस्य शेखरचन्द्र थापा, माओवादी केन्द्रबाट सामूहिक प्रस्ताव मोहन खडका र जसपाको तर्फबाट जयराम यादवले संशोधन प्रस्ताव पेस गर्नु भएको छ ।