कछुवासहित चार जना पक्राउ

विराटनगर । भारततर्फ लग्दै गरेको कछुवासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पथरीशनिश्चरे १ का ४३ वर्षीय जीवन गुरुङ, सुनवर्षी १ का २५ वर्षीय दिपक भन्ने मेघराज थापा, २१ वर्षीय निरज खड्का र २० वर्षीय आकाश रायमाझी पक्राउ गरेको हो ।

भारततर्फ जाँदै गरेको मे१०प ५६२ नम्वरको मोटरसाईकल चेकजाँचको क्रममा खैरो रङको झोला भित्र अन्दाजी ८ केजी तौल भएको कछुवा बरामद भएको जिल्ला प्रहरी मोरङले जननाएको छ ।

उक्त मोटरसाइकलमा सवार गुरुङ र थापासँगै कछुवा तस्करीमा सघाएको आरोपमा खड्का र रायमाझीलाई पक्राउ गरी कारवाहीका लागि सव डिभिजन वन कार्यालय आमतोलामा बुझाइएको प्रहरीले जनाएको छ ।

Back to top button