ब्राउनसुगरसहित ५ जना पक्राउ

विराटनगर । प्रहरीले इलाम र झापाबाट ब्राउनसुगरसहित ५ जनालाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका ३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियाँलाई ४ ग्राम ब्राउनसुगरसहित घरबाटै पक्राउ गरेको हो ।

यस्तै, ईलामको माई नगरपालिका ४ शंकरगाउँबाट ५ ग्राम ब्राउनसुगरसहित स्थानीय २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, २२ वर्षीय रुपेश कुमार खत्री र २३ वर्षीय सुदिप कुमार दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १–०१३प ७२२२ र ना३२प ६९१९ नम्बरको दुई वटा मोटरसाईकलसमेत इलाम प्रहरीले नियन्त्रणमा लिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Back to top button