शिक्षक र प्राध्यापकलाई पनि पर्यटन काज सुविधा दिन कांग्रेसद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले शिक्षक र प्राध्यापकलाई पनि पर्यटन काज सुविधा दिन सरकारको ध्यानाकर्षर्ण गराएको छ । कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले आज विज्ञप्ति जारी गरी पर्यटन काजको विषयमा शिक्षक र प्रध्यापकको बारेमा बजेट मौन रहेको भन्दै त्यसको व्यवस्था गर्न ध्यानाकर्षण गराएको हो ।

‘सरकारले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारले दिने विषयमा पनि शिक्षक र प्राध्यापकलाई बञ्चित गरेर विभेद गरेको छ ।’

सरकारले दिने सेवा सुविधा सबै कर्मचारी, शिक्षक, प्रध्यापकलाई समान रुपमा दिने व्यवस्था गर्न विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

Back to top button