नयाँ शैक्षिक सत्र आजबाट सुरु हुँदै

विराटनगर । कोरोना महामारीले यस वर्षको नयाँ शैक्षिक सत्र दुई महिना ढिलो गरी आजबाट अर्थात् असार १ गतेबाट देशभरि सुरु हुँदैछ । कक्षा १० सम्मका विद्यार्थीहरुको आन्तरिक मूल्यांकन विधिबाट नतिजा प्रकाशन गरी असार १५ सम्ममा नयाँ विद्यार्थी भर्नाको अभिलेखीकरण गरेर पाठपुस्तक प्रदान गरिसक्नु पर्ने सरकारी निर्देशन छ ।

कोरोना महामारीले भौतिक उपस्थितिमा विद्यार्थी भर्ना हुन नसके अनलाइन, टेलिफोन, मोवाइललगायतका माध्यमबाट विद्यार्थी भर्ना गरेर अभिलेखीकरण गरी वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न सरकारले विद्यालयहरुलाई निर्देशन दिएको छ ।

Back to top button