एसियन महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलीको आजबाट बन्द प्रशिक्षण सुरु हुँदै

काठमाडौं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बन्द प्रशिक्षण सुरु हुन लागेको हो ।

नेपाल भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

संघले बन्द प्रशिक्षणका लागि ३० खेलाडीका साथै ५ जना बैकल्पिक खेलाडी छनौट गरेको छ । प्रशिक्षक जगदिश भट्ट र अन्जु श्रेष्ठले प्रशिक्षण दिनुहुने छ ।

आर्मी क्लबकी सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का र संगम महतोलाई बन्द प्रशिक्षणमा सहभागिताका लागि छनौट गरिएको छ ।

यस्तै न्यु डायमण्डबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुँवर, रिमा कुँवर, झरना श्रेष्ठ र बाल्मिका आचार्य, नेपाल पुलिस क्लबबाट उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द छनौटमा परेको हो ।

एपीएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट र पुजा चौधरी र भरतपुरकी सरस्वती कट्टेलपनि वन्द प्रशिक्षणमा अटाउनु भएको छ । बैकल्पिक खेलाडीमा आरती सुवेदी, निशा चौधरी, प्रगती नाथ, पुष्पा शाही र पुष्पा चौधरीलाई छनौट गरिएको छ ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

Back to top button