जीवन विकासलाई आइपियो निष्कासनको अनुमति

विराटनगर । जीवन विकास लघुवित्तले आइपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।

यस लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न पाउने भएको हो । यस आइपिओलाई इक्रा नेपालले आइआर‘बीबीबी’ माइनस रेटिङ दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । यो सँगै जीवन विकासले आइपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउने भएको छ ।

Back to top button