निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव अदालत जाने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयलाइृ नमानेकाले निर्वाचन आयोगविरुद्ध अदालत जाने तयारी गरेको बताउनुभयो ।

यसका लागि कानुन व्यवसायीहरुसँग छलफल गरिरहेको उहाँले बताउनुभयो । जसपाको सम्बन्धमा निर्वाचन आयोगले लिएको निर्णय आपत्तिजनक भएकोले न्याय प्राप्तीका लागि अदालत जाने यादव पक्षको भनाई छ ।

यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशनको निर्णय गरी निर्वाचन आयोगमा पत्र पठाएको थियो । जसपाका अर्का अध्यक्ष ठाकुर पक्षले पनि यादवलाई कारबाही गरेको पत्र आयोगमा पठाएको थियो ।

तर निर्वाचन आयोग दुबैमध्ये कसैको कारबाहीलाई काार्यान्वयन गरेन ।

Back to top button