हामी युवाको सक्रियतामा १ सय १० परिवारलाई राहत वितरण

विराटनगर । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका विराटनगर– १९ का विपन्न परिवारलाई राहत बितरण गरिएको छ ।

नेपाली समाज जर्मनको सहयोगमा हामी युवा विराटनगरले विराटनगर– १९ खापटोलका १ सय १० विपन्न परिवारलाई आज राहत सामाग्री बितरण गरेको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहाललगायत विभिन्न समाजिक व्यत्तित्वहरुले विपन्न परिवारका सदस्यहरूलाई राहत सामाग्री हस्तान्तरण गर्नुभयो ।

प्रत्येक परिवारलाई २५ किलो चामल, दाल, खाने तेल, पिठो, चिनी, चना, मटर, नुन, सावुन, मसला लगायतका खाद्यान्न सामाग्री बितरण गरिएको हामी युवाकी अध्यक्ष जीना कार्कीले जानकारी दिनुभयो । हामी युवा विभिन्न समाजिक तथा युवाहरुको क्षेत्रमा सक्रिय संस्था हो ।

Back to top button