गण्डकी प्रदेशमा ३० अर्ब ३ करोड ९४ लाखको बजेट प्रस्तुत

पोखरा । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको बजेटमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालुतर्फ विनियोजन गरेको छ ।

स्वास्थ्य क्षेत्र केन्द्रित बजेटमा कोरोना उपचारलाई उत्कृष्ट बनाउनुका साथै अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छ । मुख्यमन्त्री पोखरेलले पर्यटन, कृषि, खेलकुदलगायतका क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गर्नुभएको छ ।

Back to top button