करेन्ट लागेर महिलाको मृत्यु

झापा । बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितलबस्तीमा करेन्ट लागेर आज एक जना महिलाको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीया विष्णुमाया बासकोटाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागेर घाईते उहाँको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button