लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत

बुटबल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट वविनियोजन गरेको छ ।

चौधरीले प्रस्तुत गरेको बजेट स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, बाणिज्य क्षेत्र केन्द्रित रहेको छ । बजेटमा कर्मचारीलाई मासिक २ हजार तलव वृद्धि गर्ने व्यवस्था गरेको छ ।

Back to top button