कर्णाली प्रदेशमा ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट प्रस्तुत

सुर्खेत । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८/७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षभन्दा ३ अर्ब बढी बजेट प्रस्तुत गर्नुभएको हो ।

शर्माले २१ अर्ब ६५ करोड ३९ लाख पुँजीगत, ११ अर्ब ४९ करोड २७ लाख चालू र ३ अर्ब ३९ करोड ९९ लाख वित्तीय हस्तान्तरणतर्फ बजेट विनियोजन गर्नुभएको छ ।

स्वास्थ्य क्षेत्र केन्द्रि बजेटमा कर्णाली प्रदेशवासीलाई सुरक्षित राख्न अत्यावश्यक औषधी, स्वास्थ्य सामग्री एवं उपकरणको उपलव्धता, अत्यावश्यक खाद्यान्नको भण्डारण, खाद्य सुरक्षा, रोजगारी सिर्जनालाई बजेटको प्राथमिकतामा परेको छ ।

Back to top button