सप्तकोशी नदिमा पानीको वहाव ६१ हजार १४५ क्यूसेक, १२ वटा ढोका खोलिए

इनरुवा । हिजोदेखि परेको पानीले सप्तकोशी नदिमा पानीको वहाव बढेको छ । विहान कोशीमा पानीको वहाव ६१ हजार १४५ क्यूसेक मापन गरिएको छ । पानीको वहाव बढेपछि अहिले सप्तकोशीको कोशीब्यारेज स्थित पुलका १२ वटा ढोका खुल्ला गरिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पानीको बहाव बढिरहेपनि अहिले नै खतराको अवस्था नरहेको बताउनुभएको छ । उहाँले नदी किनार आसपासको क्षेत्रमा निरन्तर अवलोकन भइरहेको भन्दै उच्च सतर्कता अपनाइएको बताउनुभएको छ ।

Back to top button