दुर्घटनामा एकजनाको मृत्यु

विराटनगर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैचा नगरपालिका ८ चिउरा मिल छेउमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

दुर्घटनामा नवलपरासी गैडाकोट ९ घर भई हाल मोरङ सुन्दरहरैंचा ८ बस्ने २५ वर्षीय गोकुल थापा भनिने यामबहादुर थापाको मृत्यु भएको हो ।

पुर्वबाट आउदै गरेको अन टेस्ट रोलरमा सोही दिशाबाट आउँदै गरेको थापाले चलाएको को३५प ५९७१ नम्बरको मोटरसाईकल ठोक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक थापा सँगै पछाडि सवार स्थानीय ३० वर्षीय रुपक खड्का घाइते हुनुभएको थियो ।

घाइते थापाको गएराति कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो भने खड्काको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

रोलर र चालक कटहरी  ४ का ३३ वर्षीय सरोजकुमार गौतमलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

Back to top button