प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै

काठमाडौं । मनसुनसँगै सुरु भएको बाढी पहिराले भइरहेको क्षतिको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक अहिले बस्दै छ ।

बर्षाले क्षति पुर्‍याएको र हुने क्षतिको बारेमा समिक्षा गरी प्रतिकार्यका लागि ठोस निर्णय लिन परिषद बैठक बस्न लागेको हो । परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य छन् ।

Back to top button