छोरीलाई बलत्कार गरेर हत्या गरेको आरोपमा बुवा पक्राउ

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका ८ मा छोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २७ गते भैंसी गोठमा झुण्डिएको अवस्थामा फेला परेकी १० वर्षीया बालिकालाई परिवारजनले अन्त्येष्टिको तयारी गरिरहेको बेला प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार सेती प्रादेशिक अस्पतालमा शवको पोष्टमार्डमा बलत्कार गरेर हत्या गरिएको तथ्य बाहिर आएपछि अनुसन्धान गर्दै जाँदा बुवाकै संलग्नता देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

जबरजस्ती करणी गरेको पोल खुल्ने डरले बुवाले बालिकाको हत्या गरेर गोठमा झुण्डियाई आत्महत्यामा परिणत गर्न खोजेको अनुसन्धानबाट खुलेकोले बुवालाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बिष्टले बताउनुभयो।

Back to top button