
विराटनगर । देशको बिभिन्न भागमा चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
देशभरि मनसुनी वायुको प्रभाव रहेकोले आज बिहान देशभरि सामान्य वदली भई प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको हो ।
सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।
आज दिउँसो देशभरि सामान्यदेखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरेको हो ।