४ दिनमा बाढी पहिरोले १५ जनाको मृत्यु

काठमाडौं । मनसुन सुरु भएसँगै ४ दिनदेखिको लगातारको बर्षाले मुलुकको बिभिन्न ठाउँमा बाढी पहिरोमा परेर १५ जनाको मृत्यु, २५ जना वेपत्ता र ११ जनना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार जेठ ३१ गतेदेखि असार ३ गते साँझसम्ममा ९ जना बाढीमा र ६ जनाको पहिरोमा परेर मृत्यु भएको हो ।

बाढीले सिन्धुपाल्चोकमा ३, सप्तरी, काभ्रेपलाञ्चोक, कास्की, अर्घाखाची, गोरखा र बाजुरामा १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पहिरोमा परेर डोटीमा ३, पाल्पा, कालिकोटमा र जुम्लामा १–१ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परेर सिन्धुपाल्चोकमा १५, जाजरकोटमा ७, रुपन्देही, प्यूठान र बाजुरामा १–१ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । सुरुवाती मनसुनी बर्षाले ३२ जिल्ला प्रभावित भएको छ । २२ जिल्लामा बाढी, पहिरो र अविरल बर्षाले सयौं परिवार घरबार बिहिन भएका छन भने धनसम्पति नष्ट भएको छ ।

Back to top button