१४ औं महाधिवेशनका लाागि कांग्रेसले क्रियाशील सदस्यता आजबाट छानविन सुरु गर्दै

काठमाडौं । कांग्रेसले आसन्न १४ औं महाधिवेशनका लागि कांग्रेसले आजदेखि क्रियाशील सदस्यता छानविन सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको हजिो बसेको बैठकले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिक अनुमोदन गरेपछि क्रियाशील सदस्यताको छानविन गर्ने काम अघि बढाइएको हो ।

यसपालीको महाधिवेशनमा क्रियाशील सदस्यता गत महाधिवेशनभन्दा दोब्बर अर्थात् १० लाख बढी हुने अनुमान छ । महामन्त्री पूर्णबहादुर खड्काले समय अपुग हुने भन्दै थप समय मागेका थिए । त्यसपछि क्रियाशील सदस्यता टुंग्याउन समितिले असार मसान्तसम्मको समय पाएको छ ।

Back to top button